PDF

 इतिहास रचेको सर्वाधिक प्रशंसित कोरियाली फिल्म, हेर्नुहोस् युट्युबमा

सन् १९१९ देखि सिनेमा बन्न थालेको कोरियाली सिनेमाले एक शताब्दीको इतिहास बनाइसक्यो। सयवर्षे यात्रा पूरा गरेसँगै सन् २०२० मा बोङ जोन हु निर्देशित 'पारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जितेर अर्को कोरियाली सिनेमामा अर्को इतिहास बनायो।

सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।

थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ।

तिनैमध्ये आज गुड फ्राइडे सिनेमामा हामीले फिल्म 'सोपिओन्जे' सिफारिस गरेका छौं। सन् १९९३ को सोपिओन्जे निर्देशक इम कोन तेकको सर्वाधिक प्रशंसित फिल्म हो। यसले दुई दर्जनभन्दा बढी अवार्ड जितेको छ।

यति मात्रै कहाँ हो र, यो फिल्मलाई कोरियाली इतिहासकै सांस्कृतिक पुनर्जागरणको उदाहरण मानियो।

त्यस्तो के छ त 'सोपिओन्जे'मा?

जुंग इल सुंगको सिनेमाटोग्राफीले दर्शकलाई फिल्मका केही दृश्य स्टिल फोटोग्राफी हेरेको भान गराउँछ।

दिदीको भूमिकामा ओ जुङ हायको अभिनय र गायकीसँगै उनले निर्वाह गरेको चरित्रले पनि मन हर्छ। यो फिल्म पान्सोरीको कथा मात्रै थिएन, लामो समय बाहिरी शक्तिको नियन्त्रणमा थिचिएका कोरियाली जनताको सामूहिक पीडाको प्रतिविम्ब पनि थियो। 

फिल्म हेर्न Watch on Youtube लेखिएको ठाउँमा क्लिक गर्नुहोला।

Post a Comment

Previous Post Next Post